शिवसताक्षी । नेपाली कांग्रेसको झापा क्षेत्र नं. ४ (१) प्रदेश सभा क्षेत्रीय कार्यसमितिको पहिलो बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

प्रदेश सभा क्षेत्रीय सभापति विनोद ढकालको सभापतित्वमा सम्पन्न बैठकमा संगठन विस्तार, आगामी कार्ययोजना तथा पार्टीलाई थप सुदृढ र चलायमान बनाउने विषयमा छलफल गरिएको थियो। साथै, नजिकिँदै गरेको दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

बैठकमा प्रदेश सभा क्षेत्रभित्रका महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, वडा, गाउँ तथा नगर सभापतिलगायतको उपस्थिति रहेको थियो।

झापा क्षेत्र नं. ४ (१) प्रदेश सभा क्षेत्रमा शिवसताक्षी नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ८ र ११, गौरिगञ्ज गाउँपालिकाका वडा नं. १ र २ तथा गौरादह नगरपालिकाको वडा नं. ९ समेटिएका छन्।

बैठकका क्रममा क्षेत्रीय सभापति विनोद ढकालको राजनीतिक यात्रा तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानबारे समेत चर्चा गरिएको थियो।

ढकालको राजनीतिक यात्रा वि.सं. २०४५ सालमा श्री मोती माध्यमिक विद्यालय, शिवसताक्षी–२ (साबिक धरमपुर गाविस–५) मा नेपाल विद्यार्थी संघको इकाइ सचिवबाट सुरु भएको हो। वि.सं. २०५५ सालमा कनकाई क्याम्पस सुरुङ्गाको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित भएका ढकालले वि.सं. २०५८ देखि २०७३ सालसम्म धरमपुर गाविस सञ्चालन संयन्त्रमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए।

त्यसैगरी, नेपाली कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा धरमपुर गाउँ कार्यसमितिको सभापतिमा निर्वाचित भएका ढकाल १४औँ महाधिवेशनमा झापा क्षेत्र नं. ४ (१) प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिमा निर्वाचित भएका थिए। हालै मिति २०८३ असोज १३ गते सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट उनी पुनः सभापतिमा निर्वाचित भएका हुन्। राजनीतिक यात्रासँगै सहकारी तथा सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0