दमक । सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेस अस्ट्रेलियाले अन्तराष्ट्रिय नेपाली क्रिकेट खेलाडी अविनाश बोहरालाई आफनो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

फागुन १९ गते मार्च ३ तारिखवाट लागु हुने गरी क्रिकेट खेलाडी अविनाश बोहरालाई सक्सेस एजुकेशनले आफनो ब्रान्ड एम्बेसडर नियुक्त गरिएको घोषणा गरेको हो ।

क्रिकेट खेलाडी बोहरालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा पछि बोल्दै सक्सेस एजुकेशनका प्रतिनिधि इथानशाक्यले उहाँलाई एम्बेसडर बनाउन पाउदा हाम्रो कम्पनीलाई गौरव महसुस भएको बताउनु भयो । लोकप्रिय अन्तराष्ट्रिय नेपाली क्रिकेट खेलाडी अविनाशसंग जोड्दै विधार्थी तथा ब्यवसायीहरुलाई अन्तराष्ट्रिय शिक्षा र करियर बढाउन अवसरको रुपमा प्रेरित गर्न महत्वपूर्ण योगदान पुग्ने सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेस अस्ट्रेलियाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । अन्तराष्ट्रिय नेपाली क्रिकेट खेलाडी अविनाश बोहराले आफु ब्रान्ड एम्बेसडर भएर शिक्षा र खेलकुद दुवैसंग सहकार्य गर्न पाउदा उज्ज्वल भविष्य निर्माण नगर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । बोहरा सन् २०१९ देखि नेपालको राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहदै आउनु भएको छ ।

टि –२० अन्तराष्ट्रिय खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उहाँले ६२ वटा टि २० अन्तराष्ट्रिय खेलहरु खेली सक्नु भएको छ । सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेजले विधार्थी भिसा,सीपयुक्त आप्रवासन तथा करियर परामर्श सेवाहरु विधार्थी र पेशेवारहरुलाई लक्ष्य प्राप्त गर्न सहयोग पुयाउने प्रतिबद्धता गरेको विज्ञप्तिमा उल्लेख छ । सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेसले अस्ट्रेलियाको क्यानबेरा, सिड्नी, गोल्ड कोस्ट, ब्रिसबेन, लाउन्सेस्टन आदि नेपालको काठमाडौं, बुटवल, चितवन लगायत र फिलिपिन्समा शाखा स्थापना गरेको सक्सेस एजुकेशनले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0