शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ ले वडाका सुत्केरी महिलाहरुलाई सुत्केरी पोषण वितरण गरेको छ ।
वडा कार्यालयबाट ५० जना सुत्केरी महिलाहरुलाई जनही पाँच हजार मूल्य बराबरको सुत्केरी पोषण सामाग्री वितरण गरेको हो । सुत्केरी महिलाहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले सामाग्री वितरण गरेकी थिइन् ।
श्रावण महिनादेखि माघ महिना सम्ममा सुत्केरी महिलाहरुलाई हर्लिक्स, ध्यू, मह, करिलो, ओट्स लगायतका खाद्य सामाग्री वितरण गरिएको वडाध्यक्ष सन्त फेउदिनले जानकारी दिए । उनले सुत्केरीका लागि ओड्ने व्याल्यङकेट, नवजात शिसुलाई एक सेट लुगा समेत वितरण गरिएको बताए ।
वडाका विपन्न परिवारका महिलाहरु सुत्केरी हुँदा आवश्यक पौष्टिक आहार किनेर खान नसक्ने भएकाले पनि वडाले ाहत स्वरुप सुत्केरी महिला र नवजात शिसुको सुरक्षाका लागि सुत्केरी महिला पोषण कार्याक्रम राखिएको वडाध्यक्ष फेउदिनको भनाई थियो । कार्यक्रममा उपप्रमुख नरमाया कार्की लगायत वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।












