शिवसताक्षी । ११५ औ अन्तरास्ट्रिय श्रमिक  महिला दिवसको अवसरमा शिवसताक्षीमा ३ जना महिलालाई नगद सहित सम्मान गरिएको छ ।

सतासीधाम जेसीज, सताक्षी साप्ताहिक र गोर्खाली हर्टको संयुक्त आयोजनामा सबै महिला तथा बालबालिकाका लागि अधिकार, समान्ता र सशक्तिकरण भन्ने मुल नारा रहेको यश बर्षको श्रमिक महिला दिवसमा ३ जना महिलाहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा सतासीधाम जेसीज बर्ष २०२३ की अध्यक्ष निर्मला प्रधान , बैङ्कर सुधा महतरा र गृहणी तथा असल बुहारी गोमा खत्री (काफ्ले ) रहेका छ्न ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी सिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, जिल्ला समन्वय समितिका सदस्य जुनु महरा, सतासीधाम जेसीजका बर्ष २०२५ का अध्यक्ष पदम कुँवर ,सताक्षी साप्ताहिक पत्रिकाका अध्यक्ष योगेन लावतीले सँयुक्त रुपमा नगद सहित दोसल्ला ओढाएर सम्मान प्रदान गरेका हुन् ।

समाज रुपान्तरण संगै महिलाहरुले पनि समाजमा केही उदाहरणीय काम गर्न सक्छ्न भन्ने हेतुले शिवसताक्षी नगरको महिलाबाट ३ जनालाई छनौट गरि सम्मान गरिएको सताक्षी साप्ताहिक पत्रिकाका सम्पादक सेलिङ केसीले बताए ।

कार्यक्रममा अवसरमा सतासीधाम जेसीज बर्ष २०१८ का अध्यक्ष तथा युवा नेता महेन्द्र भट्टराई , नेपाल रेड्क्रस सोसाइटी शिवसताक्षी उपशाखाका सभापति गोबिन्द काफ्ले ,शिवसताक्षी नगरकी महिला तथा बालबालिका शाखा प्रमुख देबकुमारी पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चानल सतासीधाम जेसीज बर्ष २०२५ का महासचिव मन्जिल नेपालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0