शिवसताक्षी । पिकअपको ठक्करबाट शिवसताक्षी ९ का एक बालकको मृत्यु भएको छ ।
दुधे–शिवगञ्ज रोड स्थित दुधे बजारमा शुक्रबार (होली)को दिन भएको दुर्घटनामा घाइते आदर्श खनालको विएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा आज मृत्यु भएको हो ।
साइकलमा सवार शिवसताक्षी नगरपालिका ९ बस्ने फणिन्द्र खनालका छोरा १२ वर्षीय आदर्श खनाललाई प्रदेश १–०१– ००१ च ८९५० को पिकअप भेनले ठक्कर दिएको थियो ।
पिकअप चालक शिवसताक्षी ११ निवासी सिटु पौदारलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। चालक पौदारले माधक पदार्थ सेवन गरेर सावरी चलाएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
55
+1
4
+1
3
+1












