शिवसताक्षी । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरुद्धमा शिवसताक्षीमा कोण सभा गरिएको छ । नेकपा माओवादी केन्द्र, राप्रपा, लिम्बुवान लगायतका प्रतिपक्षी दलहरुले सयुक्त रुपमा शिवसताक्षीको दुधेमा कोण सभा गरेका हुन् ।
कोण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नवनिर्वाचित नगर अध्यक्ष दुर्गा नेम्वाङ्गले कुलमान जस्तो व्यक्तिलाई सरकारले हटाएर सरकारले निरङकुशता देखाएको बताए । उनले उज्यालो नेपालका संवाहक बनेका एउटा कतव्र्यनिष्ठ कर्मचारी माथि यसरी प्रहार गर्नु यो कुलमानका लागि मात्र नभई देशभरका जनतालाई आघात पुगेको बताए ।

त्यस्तै माओवादी केन्द्रका पूर्व नगर अध्यक्ष महेन्द्र भट्टराईले देश भरका इमान्दार कर्मचारीहरुको विरुद्धमा सरकारले गरेको कदमको भर्सना गरेको बताए । सरकाले इमान्दरीको बर्खास्त यो देशमा कर्मचारीहरुले राम्रो काम गर्नु हुँदैन भन्ने सन्देश दिन खोजेको जानकारी दिए । उनले भने इमान्दर काम गर्ने कर्मचारीहरुलाई धमाधाम कार्वाही गर्ने र विचौलियहरुलाई दिनानुदिन संरक्षण गरिरहेको छ । सरकारनै विचौलियाहरुबाट बनेको स्पष्ट देखिन्छ ।
विरोध सभामा राप्रपाका रुद्रमणी भट्टराई, संघीय लिम्बुवान मञ्चका किरण लिम्बु लगायतले सरकारको आफ्नो कदम सच्याउँदै कुलमान लाई पुर्नबहाली गर्नु पर्ने बताए ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो ।
घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए।
गत बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ को निर्णयअनुसार तीन दिनभित्र सफाइ पेस गर्न पत्राचार गरेको थियो।
मन्त्रालयले घिसिङलाई करार सम्झौताको दफा १०।३ को अवस्था उत्पन्न भएकाले सोही दफा १०.३ बमोजिम तपाईंसँगको सम्झौता अन्त्य गरी नियुक्ति रद्द किन नगर्ने भन्ने प्रश्न सोधेको थियो।
यसमा घिसिङले कार्यसम्पादन सम्झौता बमोजिम तोकिएको लक्ष्य हासिल भएको उल्लेख गर्दै सफाइ पेस गरेका थिए। आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८०को मूल्यांकित कार्य सम्पादनमा क्रमशः ९४.२३ र ९८.९४ अंक प्राप्त गरेको उनले उल्लेख गरेका थिए।












