१३ चैत, काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, भर्खरै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो ।
प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागी भएको थियो । आगोलागी भएको करिब साढे ६ घण्टामा नियन्त्रण गर्न सफल भएको हो ।
आगोलागी नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
‘आगलागीको कारण खुलिसकेको छैन,’ प्रजिअ अधिकारी मिश्रले भने, ‘हामीले प्लाजाका सबै कोठा कोठामा हेर्यौं, कतैपनि आगो भेटिएको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1












