काठमाडौं। जिल्ला अदालत काठमाडौंले तीनकुने घटनामा संलग्न भएका ४२ जनालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त अनुमति जारी गरेको हो। पक्राउ परेका व्यक्तिहरूमध्ये धवलशमशेर जबरा र रवीन्द्र मिश्रका बारेमा अदालतमा पेश भएका स्वास्थ्य सम्बन्धी कागजातका आधारमा उनीहरूको थुनामा राख्ने अवधि कम गरिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेकामध्ये ११ जनालाई राज्यविरुद्धको कसुर र ३१ जनालाई संगठित अपराध र आपराधिक उपद्रवको आरोपमा अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूको म्याद थप गर्न अदालतमा पेस गरेको छ।
यस घटनामा धवलशमशेर जबरा र रवीन्द्र मिश्र लगायतका व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान जारी छ। प्रहरीले साम्प्रदायिक दंगा र घृणा फैलाउने आरोपमा उनीहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने सम्भावना रहेको जनाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, करिब एक सय व्यक्तिहरू पक्राउ गरिएको भए पनि अहिले ४२ जनालाई मात्रै अदालतमा पेस गरिएको छ र अनुसन्धान प्रक्रिया जारी छ।












