शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ ले किसानहरुलाई स्प्रे ट्यांकी वितरण गरेको छ ।

वडाका किसानहरुलाई आवश्यकताका आधारमा छनोट गरी ४२ जना स्प्रे ट्यांकी वितरण गरेको वडा नं. ८ को कार्यालयले जनाएको छ। स्प्रे ट्यांकी नगरप्रमुख मेगाहाङ्ग थोप्राले वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले स्थानीय किसानहरुलाई सानो कृषि सामाग्री वितरण गरेर केही राहत प्रदान गरिएको बताए । आफु पनि किसान भएकाले विभिन्न बालीहरुमा लाग्ने रोगहरुबाट जोगाउन औषधी छर्केने ट्यांकी सानो भएपनि नभई नहुने कृषि सामाग्रीमा पर्ने जानकारी दिए ।

वडाले १ लाख १७ हजार ६ सयको लागतमा कृषि सामाग्री खरिद गरी किसानलाई वितरण गरेको जनाएको छ । जनप्रतिनिधिहरुले वडाका ४ वटा टोलबाट आवश्यकताका आधारमा ४२ जना किसानलाई छनोट गरेको थियो ।

कार्यक्रममा वडाध्यक्ष सन्त फेउदिनले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने, कार्यक्रमको सञ्चालन वडाका कर्मचारी कुमारसिं साँवाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0