शिवसताक्षी । झापाको शिवसताक्षीमा १५ दिने नौमति बाजा बजाउने तालिमको आज समापन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १ स्थित मन्दिर टोलमा रहेको आप्रवासन महिला समूहलाई प्रदान गरिएको तालिमको आज समापन गरिएको हो ।

तालिम मासियो जर्मनीको आर्थिक सहयोग र शिवसताक्षी नगरपालिकाको समन्वय तथा कारितास नेपालको आयोजनामा प्रदान गरिएको थियो ।

कारितास नेपालले सञ्चालन गरेको सरक्षित आप्रावसन मार्फत मानव बेचविखत विरुद्धको सवलीकरण परियोजना अन्तर्गत बैदेशिक रोजगारीमा गएको परिवारका सदस्यहरुलाई सीप सिकाई व्यवसायिक बनाई आयमूलक क्षेत्रमा जोड्ने उद्देश्यले तालिमको आयोजना गरिएको कारितास नेपाल प्रादेशिक कार्यालय दमकका वरिष्ठ कार्यक्रम अधिकृत हिमालय अधिकारीले बताए । कारितास नेपालले आप्रवसन महिलाहरु १८ जनाको समूह बनाई आप्रवास महिला समूह गठन गरेको हो ।

तालिम प्राप्त गरेको आप्रबासन महिला समूहलाई शिवसताक्षी नगरपालिकाले एक सेट नौमति बाजा प्रदान गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले समूहलाई नौमति बाजा सेट प्रदान गरेकी थिइन् । नगर उपप्रमुख कार्कीले महिला दिदीबहिनीहरुलाई सीप सिकेर स्वभलम्बी बन्नु पर्ने सुझाइन् । उनले भनिन् कामले कहिल्यै मानिस सानो ठूलो हुँदैन आफुले सीप सिकेर व्यवसायिक रुपमा काम गर्नु सक्नु पर्छ । समाजमा महिलाहरुले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने उदारहण बनेर देखाउन सबैलाई आग्रह गरेकी थिइन् ।
तालिमको सहजीकरण पूर्वेली महिला नौमति बाजा संस्थाले गरेको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका योजना अधिकृत प्रकाशचन्द्र चौधरी, कार्यक्रम अधिृकत महेश लामिछाने, रोगजार शाखा संयोजक विदुर तिम्सिना, कारितास नेपालका प्रादेशिक कार्यालय दमकका वरिष्ठ कार्यक्रम अधिकृत हिमालय अधिकारी लगायतको उपस्थिति रहेको थियो । कारितास नेपाल परियोजना सहायक अधिकृत सन्तोषी थन्दारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0