झापा । पछिल्लो २४ घण्टामा चट्याङका कारण देशभर ५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न पाँच जिल्लामा ५ जनाले ज्यान गुमाएका हुन् ।

झापाको गौरादह नगरपालिका–५ स्थित बालुबथानमा ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङको झड्का लागेर उनको मृत्यु भएको हो ।

मोरङको कानेपोखरी गाउँपालिका–१ मा १२ वर्षीय बालकको मृत्यु भएको छ । धनुषाको नगराइन नगरपालिका–८ अकौरामा ६० वर्षीया महिलाको मृत्यु भएको छ । खेतमा गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

डोटीको सायल गाउँपालिका–६ दल्लेखमा ३३ वर्षीया महिलाको मृत्यु भएको छ । सो स्थानमा ७ जना घाइते भएका छन् ।

बझाङको बित्थडचिर गाउँपालिका–३ मा ७८ वर्षीया महिलाको मृत्यु भएको छ । सो ठाउँमा २ जना बालिका घाइते भएका छन् ।

विपद्‌मा परेर देशभर १६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0