काठमाडौं । काफ्ले युटयुव च्यालनबाट ऊनको स्वीटर फिल्मको गीत सार्वजनिक गरिएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा झुमा लिम्बु र सुजन चापाईको स्वर रहेको छ ।
युवराज काफ्लेको शब्द रहेको गीतमा गायिका समेत रहेकी लिम्बुको संगीत छ । सार्वजनिक गीतको भाका र शब्द मीठो छ । यो गीतले दर्शकको मन जित्न सक्छ । फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बुको अभिनय छ ।
चापाँगाइको गीत निर्देशन रहेको फिल्ममा कोविद वर्जको संगीत, रोशन विक र दीप गुरुङको नृत्य, कृष्ण भण्डारीको सम्पादन छ ।
फिल्मलाई नविन चौहानले लेखन र निर्देशन गरेका हुन् । आर्टमाण्डु नेपाल प्रालिको निर्माण रहेको फिल्ममा सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माताको रुपमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












