काठमाडौँ । मुलुकी अपराध संहिता २०७४ ले नाबालिग उमेर १८ वर्षसम्म कायम गरेको छ । संहिताको दफा २१९ (२) ले कुनै महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार मानिने व्याख्या गरिएको छ ।

सोही उपदफामा किशोरी नाबालिग भएमा भने सहमतिकै सम्बन्ध पनि बलात्कार हुने व्याख्यासहित भनिएको छ । उपदफा ३ (घ)ले त्यसरी नाबालिगसँग सहमतिमै सम्बन्ध राखे पनि जबरजस्ती करणी हुने र करणी गर्ने व्यक्तिलाई १० देखि १२ वर्षसम्म कैद हुने व्यवस्था गरेको छ ।

तर कानुनको उक्त व्यवस्थाको प्रतिकूल उच्च अदालत विराटनगर, इलाम इजलासले प्रेम सम्बन्धमा रहेका प्रेमिल जोडीले आपसी सहमतिमा गरेको करणीलाई जर्बजस्ती मान्न नमिल्ने व्याख्या गरेको हो ।

पीडितको उमेर १७ वर्ष र प्रतिवादीको उमेर २१ वर्षको रहेको देखिए पनि दुईबिच प्रेम सम्बन्ध रहेको तथ्य देखिएकाले यसरी प्रेमिल जोडीले आपसमा सहमतिद्वारा करणी गरेको देखिएको पूर्णपाठमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1