गैंडाकोट । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले किर्नाहरू अघाएपछि पार्टीबाट झरेको टिप्पणी गरेका छन्।
‘किर्ना’हरूले एमालेको दुई तिहाइको कम्युनिष्ट पार्टी दुईपटकसम्म फुटाएको भन्दै एमाले छोडेर जानेहरूलाई ओलीले कटाक्ष गरेका हुन्।
एमाले गैंडाकोट नगरकमिटीले आज नवलपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले पार्टीभित्र सधैँ अवसर लिइरहेकाहरू नै त्यस्ता किर्ना बनेको आरोप लगाए।
‘पाउनेहरूले नै पार्टीभित्र असन्तुष्टि जनाएको पाउँछु, केही अगाडि पार्टीभित्र यस्तै अघाएका मान्छेहरू नै पार्टी फुटाएर गए‚ तिनलाई अघाएका किर्नाहरू भन्ने गरेको छु, जो अघाएपछि झरे’‚ अध्यक्ष ओलीले भने।
उनले गत संसदीय निर्वाचनमा राष्ट्रिय अन्ताराष्ट्रिय शक्तिहरू एक ठाउँमा उभिएर एमालेलाई सक्काउन खोजे पनि नसकेको बताए। अब परिस्थिति त्यस्तो नहुने उनको दावी छ।
‘अघिल्लो चुनावमा चौतर्फी हमला भयो, सिध्याउँछौँ भनेर लागे, २र२ पटक पार्टी फुटाए तर हामी सकिएनौँ। जनता र कार्यकर्ताले बचाए,’ ओलीले।
उनले पार्टीका विरोधी शक्ति पर्याप्त भएकाले पार्टीभित्र एकले अर्कोलाई विरोध गर्न आवश्यक नहुने बताए।












