शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ र ५ का किसानलाई तालिम सहित वीउ विजन वितरण गरिएको छ । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत वडाका १८ वटा समूहलाई स्प्रे ट्यांकी प्रदान गरिएको छ । त्यस्तै किसानलाई आजबाट तरकारी खेती सम्वन्धी तालिम पनि सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

दुई दिने तालिमको उद्घाटन गर्दैै शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले कृषि उत्पादनका लागि विषादीको गलत प्रयोगबाट मासिनलाई विभिन्न रोगहरुको लाग्दै आएको बताइन् । उनले हामीले विषादी हालेको तरकारकी कति दिन पछि मात्र खान मिल्ने हो । त्यो उपभोक्ता तथा किसानहरुलाई थाह नभएका कारण समस्या भएको बताइन् । कृषि उत्पादनका लागि लगाइदै आएको विभिन्न प्रकार भिटामिन तथा विषादीहरुको सही प्रयोग गर्न तालिमले सहयोग गर्ने अपेक्षा गरिएको जानकारी दिइन् ।

कार्यक्रममा वडाध्यक्ष विष्णु प्रसाईले गरिबसँग विशेश्वर कार्यक्रम अन्तर्गत संघीय सरकारबाट आएको १ लाख बजेटबा कृषि सामाग्री र तालिम सञ्चालन गरिएको बताए । यहाँ १८ ओटा समुहलाई प्रत्येक समूह १ थान कृषि उपकरण स्प्रे ट्यांकी वितरण गरिएको जानकारी दिए ।

आजबाट सुरु भएको तालिमको भोली समापन हुने वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष विष्णु प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिका लेखा शाखा प्रमुख प्रकाश योङहाङ्ग लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0