काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नेकपा एमालेका सांसद रघुजी पन्त नियुक्त भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेका हुन् ।
उनका अनुसार नवनियुक्त मन्त्री पन्तको शपथग्रहण भोलि बिहीबार हुनेछ। संविधान अनुसार मन्त्रीको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। प्रधानमन्त्रीले नियुक्तिको सिफारिस राष्ट्रपति समक्ष गरिसकेका छन्।
शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि पन्तलाई नियुक्त गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












