अध्यक्षमा शिवराज कुलुङ

शिवसताक्षी । नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ शिवसताक्ष नगर इकाई समितिको अध्यक्ष शिवराज कुलुङ सर्वसम्मत चयन भएका छन् ।

आज शिवसताक्षीको झिलझिलेमा भएको दोस्रो अधिवेशनबाट शिवराजको अध्यक्षमा १७ सदस्य कार्य समिति सर्वसम्मत चयन भएको हो ।

त्यस्तै इकाई समितिको उपाध्यक्षमा टेकबहादुर कुलुङ र मदन कुलुङ, सचिवमा झलक कुलुङ, उपसचिवमा धिरज कुलुङ र डम्बरबहादुर कुलुङ र कोषाध्यक्षमा एलिना कुलुङ सर्वसम्मत चयन भएको नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ शिवसताक्ष नगर इकाई समितिले जनाएको छ ।

त्यस्तै सदस्यहरुमा अरुण कुलुङ, यामबहादुर कुलुङ, अनुमाया कुलुङ र सर्मिला कुलुङ, कुमार कुलुङ, विमा कुलुङ, पार्वती कुलुङ, संगीता कुलुङ र जीवन कुलुङ रहेका छन् ।

अधिवेशनको उद््घाटन शिवसताक्षी नगरपालिका वडा नं. ११ वडाध्यक्ष बहादृुर आङबोले गरेका थिए । कार्यक्रममा संघका केन्द्रिय सदस्य होमबहादुर कुलुङ, कोशी प्रदेश सदस्य क्षितिज कुलुङ, जिल्ला अध्यक्ष डिक वीर कुलुङ, सचिव विर्खराम कुलुङ लगायतले उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
0