विराटनगर।  विराटनगर महानगरपालिका–१९, मिलन चोकमा सोमबार दिउँसो एक टिपरमा आगो लागेको छ। प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको उक्त टिपरमा आगो लाग्दा चालक सकुशल रहेका छन्।

प्रहरीका अनुसार, आगलागी साढे २ बजेतिर भएको हो। टिपर सुनसरीको बर्जुतर्फ बालुवा लिएर विराटचोकबाट जाँदै गरेको थियो। यसलाई सुनसरीको इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए।

आगलागीको कारण खुल्न नसकेको भए पनि, प्रहरीको अनुमान अनुसार तार सर्ट भएर आगो लागेको हुनसक्ने बताइएको छ। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान जारी राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0