झापा । विराटनगर ४ जामुनगाछीमा घरको गेट ढलेर किच्दा एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज (मंगलबार) बिहान ९ः ४० बजेको समयमा जामुनगाछी राधा कृष्ण मार्गमा बस्ने नारायाण झाको १० वर्षीय छोरा प्रियान्सु झाको मृत्यु भएको हो ।

घरको गेट खोल्ने क्रममा अचानक गेट ढलेर घाईते भएका झाको नोबेल अस्पतालमा उपचारको क्रममा बिहान १०ः १५ बजेको समयमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थियो ।

यस अघि पनि विराटनगर अस्पतालको मेन गेटले किचेर एक सुरक्षागार्डको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0