शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोशी प्रदेश कमिटीले समाजवादी चेतना जनजागरण लागि चुरे–तराई जनजागरण अभियान सञ्चालन गरेको छ ।
गएको विहीबार झापाको शिवसताक्षी नगरपालिका वडा नं १ को धरमपुर बजारमा अभियान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा जनसांस्कृतिक महासंघका कलाकारहरूले विभिन्न जनवादी गीतहरुमा नृत्य, गीतसहित नाटक मञ्चन समेत गरिएको नेकपा माओवादी केन्द्र शिवसताक्षीका अध्यक्ष दुर्गा नेम्वाङ्गले जानकारी दिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झलक सिंह दर्लामीले कार्यक्रमले जनतामा जनजागरण ल्याउँदै यो व्यवस्था रक्षा, समृद्धिसँगसँगै जनजीविकामा कसरी परिवर्तन ल्याउन सकिने बताए । उनले गणतन्त्र ल्याउन नेकपा माओवादी केन्द्रले मूख्य भूमिका खेलेको बताउँदै हाम्रो पार्टीलाई अहिले चारै तिरबाट घेरा बन्दी गरेर हामीले देश परिवर्तनका लागि उपलब्धी गरेका कामहरुलाई ओझेलमा पार्ने काम भएको छ, उनले भने, नेकपा माओवादी यो देशमा थिएन भने, आज गणतन्त्र आउँदैनथ्यो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष पार्टीको अभियानका रुपमा शिवसताक्षी नगरमा कार्यक्रम गरिएको र उक्त कार्यक्रमको संयोजन नेकपा मओवादी केन्द्र शिवसताक्षीको संयोजनमा भएको जानकारी दिए । उनले स्थानीय कवि तथा साहित्यकारको विशेषरूपमा स्थानीय जनमानसलाई कविता, गीत–संगीत, नृत्य तथा प्रहसन र विभिन्न संस्कृतिकको माध्यमबाट जनचेतना जगाउनु मुख्य रहेको बताए ।
कार्यक्रममा विगत लामो समयदेखि कला र संस्कृतिको क्षेत्रमा योगदान गर्ने १५ जना कलाकारहरुलाई सम्मान गरिएको थियो । सम्मानति हुनेहरुमा नवीन सुब्बा, सुरेश राई, रामलाल रसाइली, मदन विष्ट, कल्पना बुढाथोकी, सावित्रा रासाइली, मेहेन्द्र सम्बाहाम्फे, प्रेमकुमार राई, वविता महतरा, दिनेश रसाइली, अर्जुन कुमार राई, विराटी किराँती, झंकार बुढा मगर रहेका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङ , प्रदेश कमिटी सदस्यहरु कल्पना कार्की, रामबहादुर राई, विरेन्द्रकुमार याक्थुम्बा, वेदु गौतम, जिल्ला कमिटी सदस्यहरु छिमेकी पालिकाका पार्टीका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । जनसांस्कृतिक महासंघका केन्द्रीय सचिव अनुषा साम्पाङ राई केन्द्रीय सचिवालय सदस्य राकेश किराँती, केन्द्रीय सदस्य तथा प्राज्ञ सुमित्रा वाङदेल चेली, प्राज्ञ हरिप्रसाद पौडेल, जनसांस्कृतिक महासङ्घ कोशी प्रदेशका अध्यक्ष चेतनाथ धमला, उपाध्यक्ष जाइका राई, सचिव राजन आचार्य, जनसांस्कृतिक महासंघ झापा जिल्लाका अध्यक्ष राजन चापागाई त्यसैगरी जिल्ला उपाध्यक्ष बन्दना नेम्बाङ, सचिव शिव मुर्म लगायत उपस्थिति रहेको थियो । नेकपा माओवादी केन्द्र शिवसताक्षीका अध्यक्ष दुर्गा नेम्वाङ्गको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत रहेको थियो भने सम्मान कार्यक्रम नगरका पुर्व अध्यक्ष महेन्द्र भट्टराईले संचालन गरेका थिए । कार्यक्रमको औचित्य माथि प्रकाश कोशी प्रदेशका उपाध्यक्ष शिव डागीले गरेका थिए ।












