Smoke rises in the main town of Poonch district on May 7, 2025. India fired missiles at Pakistani territory early on May 7, killing at least eight people, according to Pakistan, which said it had begun retaliating in a major escalation between the nuclear-armed rivals. (Photo by Punit PARANJPE / AFP)

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव उच्च बिन्दुमा पुगेको बेला चीनले पहिलो पटक मुख खोलेको छ। चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतीय सैन्य कारबाहीलाई खेदजनक भनेको छ ।

दक्षिण एसियाका दुई ठूला मुलुकबीच बढेको तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्, ‘हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ। आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच जारी आक्रमण चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका थिए । ‘मैले आक्रमणबारे भर्खरै सुनें । दुई मुलुकबीच दशकौंदेखि द्वन्द्व छ । मेरो आशा छ अहिलेको आक्रमण चाँडै सकिने छ,’ पत्रकारहरूले भारत–पाकिस्तानबीच सुरू भएको आक्रमणबारे ट्रम्पले उत्तर दिँदै भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0