सरोज भट्टराई

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १० ले कृषकलाई प्राथमिकतामा राखेर काम गर्दै आएको पाइएको छ । वडाले आर्थिक वर्ष २०८१ ÷०८२को बजेटबाट कृषि उत्पादन बढाउन १३ सय जनालाई मकैको वीउ वितरण गरेको छ ।

कृषकलाई चालु आ.व.को ३ लाख बराबरको मकैको वीउ वितरण गरेको वडा कार्यालयले जनाएको छ। त्यस्तै शिवसताक्षी १० का कृषकलाई उत्पादन मुखी बनाउने कार्यक्रम अन्तर्गत वडाले ११ जना कृषकलाई सिचाईको लागि ३ इन्चको पानी तान्ने मोटर वितरण गरेको छ । कृषकको २५ प्रतिशत लागत सहभागितामा मोटर वितरण गरेको वडाध्यक्ष हर्क सिगुले बताए । वडाध्यक्ष सिगुका अनुसार वडाले अग्र्यानिक सब्जी खेतीतर्फ कृषकलाई आकर्षण गरिएको छ ।

एक घर एक गाई कार्यक्रम लागु गरिएको वडाध्यक्ष हर्क सिगुको भनाई छ । यहाँका कृषकलाई एउटा गाई अनिवार्य पाल्नु पर्ने हुन्छ । हामीले बालबालिका तथा बुढाबुढीहरुलाई दुध अत्यन्त महत्वपूर्ण भएकाले एक घर एक गाईको अवधारणा ल्याएको हो । वडाध्यक्ष सिुगले भने, कृषकले उत्पादन गरेको दुधका लागि पनि चिस्यान केन्द्र निर्माण गरिएको छ। आफुले खाएर बचेको दुधलाई माइधारमा रहेको चिस्यान केन्द्रले लिने प्रावधान मिलाइएको छ । वडाको साझेदारी कार्यक्रम अन्तर्गत निर्माण गरिएको चिस्यान केन्द्रमा दैनिक ३५० लिटर दुध कलेक्सन हुने गरेको उनले बताए । गाई खरिद गर्न चाहने कृषकलाई वडाले केही रकम सहयोग प्रदान गर्दै आएको छ ।

गाई पालनका लागि सहज होस भन्ने उद्देश्यले वडाले चालु आ.व.मा ३ लाख ५० हजार बराबरको कुटी काट्ने मेसिनको वितरणको तयारी गरेको छ ।

वडाका महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले तालिम लिएर घरै बसेका दिदीबहिनीका लागि ३ लाख ५० हजार बरारबको लुगा सिउने मेसिन वितरण गरिएको छ । वडाका २२ जना महिलालाई मेसिन वितरण गरिएको महिला सदस्य कोपिला चिमोरिया मैनालीले जानकारी दिइन् ।

वडामा हालसम्म ६ किमी मात्र कालोपत्रे भएको छ । नगरबाट विनियोजत रकमबाट चालु आवमा ४ ओटा सडकमा दुवै तर्फ नालाको काम गरिएको वडा सदस्य दिपक पोखरेलले जानकारी दिए । उक्त सडकहरुका आगामी वर्ष कालो पत्रे गर्ने तयारी गरिने छ । वडामा आउने सिमित सिलिङ बजेटले व्यवस्थित सडक निर्माण गर्न एकै पल्ट नपुग्ने भएकाले पनि वडाले क्रमिक रुपमा सडकको काम गर्दै आएको वडासदस्य पोख्रेलको भनाई छ। वडाले त्रिवेणी चौक सम्म जाने बाटो स्तरोन्नती, भण्डारी, ंसंग्रौला, शान्तिचोक हुँदै नरहसम्म जानेबाटोमा प्लम निर्माण गरिएको छ।

वडा भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार र विद्यालय घेराबार निर्माणका लागि चालु वर्षमा २ लाख ५० हजार विनियोति बजेटमा बालज्योति प्रा.विलाई १ लाख ५० हजार र श्रीजंगा प्राविलाई १ लाख प्रदान गरिएको छ ।
आफ्नै वडामा अमिन तालिम सञ्चालन गरेर वडाका युवाहरुलाई जग्गा नाप सम्बन्धि ज्ञान आर्जन गर्ने मौका प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । त्यस्तै युवाहरुलाई स्वरोजगार बनाउन सीप मुलक मोटर मर्मत तथा विद्युत जडान तालिम पनि वडाले सञ्चालन गरेको छ।

सुत्केरी महिलाहरुका लागि सुत्केरी पोषण कार्यक्रम, वडाका युवा युवतीहरुलाई लागु पदार्थ दुव्र्यसनीबाट जोगाउन लागु औषध विरुद्ध तालिमहरु सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाको एकमात्र हाट बजार लाग्ने मंगलबारे माइधार हाड बजार मर्मतमा १ लाख खर्च गरेको छ । जसले हाड बजार लाग्न सहज बनाइएको वडाध्यक्ष सिगुको भनाई छ ।

वडा भित्र रहेका नागरिकलाई स्वस्थ राख्नका लागि खुल्ला व्यायामशाला निर्माण गर्न प्रकृया अघि बढाइएको वडा कार्यालयले जनाएको छ । वडाका चालु आवका सम्पूर्ण कामहरु जेष्ठ सम्ममा सम्पन्न गर्ने तयारी रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0