शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा डेंगु रोग सम्वन्धी एक दिवशीय अभिमूखीकरण गरिएको छ । बषातको मौसम नजिकदै गर्दा डेंगुको सक्रमण बढ्ने भएकाले नगरको स्वास्थ्य शाखाको आयोजनामा एक दिवशीय अभिमूखिकरण गरिएको हो ।
नगरका स्वास्थ्य कर्मी, वडाका जनप्रतिनिधी र सरोकारवाला निकायहरुलाई उपस्थित गराई डेंगुको प्रकोप, रोकथापन र डेंगु रोगबाट बच्चका लागि के कस्ता उपाय अपनाउनु पर्ने भन्ने विषयमा अभिमूखिकरण गराइएको नगरका फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए ।
अभिमूखिकरणमा नगर प्रमुख मेगाहाङ्ग थोप्राले डेंगु रोकथाम र न्यूनिकरणका लागि नगर सबै स्वास्थ्यकर्मी, रेडक्रस, स्काउटरका विद्यार्थी र सरोकार वाला निकायहरुलाई परिचालन गरिने बताए । उनले शिवसताक्षी नगरपालिका पहिलेको भन्दा रोगकको संक्रमण दर घटेको जानकारी दिए ।

अमिमूखिकरणमा सहभागीहरुले प्रत्येक वडामा गई डेंगु रोकथापन सम्वन्धी कार्यक्रम गर्ने, डेंगुको सम्भावित बासस्थान नष्ट गर्ने, समुदायमा जनचेतना फैलाउन लगायतका काम गर्ने शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
अभिमूखिकरणको सहजीकरण गौरादह नगरपालिका स्वास्थ्यकर्मी विनोद थापाले सहजीकरण गरेका थिए ।
कार्यक्रमा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे, लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङ, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख सुसिल थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका फोकल पर्सन रोषन अधिकारीले गरेका थिए ।












