PAKISTAN-INDIA-KASHMIR-UNREST

काठमाडाैं । ‘अपरेशन सिन्दूर’को दोस्रो दिन भारतले पाकिस्तान विरुद्ध ठूलो कारबाही गरेको छ। बिहीबार बिहान गरिएकाे आक्रमणमा पाकिस्तानका तीन प्रमुख शहरहरू, लाहोर, कराँची र रावलपिंडीमा स्थापित वायु रक्षा प्रणालीहरू नष्ट गरिएकाे भारतकाे दाबी छ ।

समाचार एजेन्सीले एएनआइले जानाएअनुसार भारतले आक्रमणको लागि इजरायली हार्पी ड्रोनहरू प्रयोग गरेकाे थियाे । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले आक्रमण बढाएकाे पुष्टि गरेका छन् । भारतले पाकिस्तानका ९ शहरहरूमा ड्रोन आक्रमण गरेकाे र पाकिस्तानी सेनाले कम्तिमा ५० ड्रोनहरू खसाल्न सफल भएकाे उनकाे दाबी छ ।

पाकिस्तानले भारतले नीलम-झेलम जलविद्युत परियोजनालाई लक्षित गरेको आरोप लगाएको छ। यसका साथै नजिकैको बस्तीमा बस्ने सर्वसाधारणलाई मार्ने प्रयास पनि गरिएको पाकिस्तानकाे भनाइ छ । यो गोलीबारी मध्यरातदेखि बिहान ७ बजेसम्म चलेको थियो।

अमेरिकाले लाहोर दूतावासका कर्मचारीहरूलाई सुरक्षित स्थानमा जान भन्यो

अमेरिकाले लाहोर वाणिज्य दूतावासमा बस्ने आफ्ना कर्मचारीहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सर्न आदेश दिएको छ। अमेरिकी विदेश विभागले आफ्नो निर्देशनमा भनेको छ कि ड्रोन विस्फोट र सम्भावित हवाई आक्रमणको रिपोर्टका बीच कर्मचारीहरूलाई सुरक्षित स्थानमा शरण लिन सल्लाह दिइन्छ।

इस्लामाबादको उपायुक्तको कार्यालयले केही व्यक्तिहरूले झूटा साइरन बजाएर आतंक फैलाइरहेका बताएको छ। त्यस्ता व्यक्तिहरूलाई चेतावनी दिइएको छ। मानिसहरूलाई यस्ता हल्लाहरूबाट बच्न पनि सल्लाह दिइएको छ।

पाकिस्तानले चिनियाँ हतियारको प्रयोगको बारेमा बेइजिङले भन्यो – थाहा छैन

भारत र पाकिस्तान बीचको द्वन्द्वमा चिनियाँ लडाकु विमानहरू संलग्न भएको समाचारको बारेमा, चिनियाँ विदेश मन्त्रालयले आफू जानकारी नभएकाे दाबी गरेकाे छ । भारतले मिसाइल आक्रमण गरेकाे बदलामा पाकिस्तानले चिनियाँ लडाकु विमानहरू प्रयोग गरेको दाबी गरिएको छ। एजेन्सीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0