शिवसताक्षी । झापा शिवसताक्षीको वडा न ४ का विपन्न, गरिब र दलित विद्यार्थीहरुलाई साइकल वितरण गरिएको छ। वडा नं. ४ ले स्थानीय विपन्न तथा दलित समुदायका विद्यार्थीहरुलाई विद्यालयसम्म जना सहज होस भन्ने उद्देश्यले ११ थान साइकल वितरण गरेको हो ।

शिवसताक्षी नगरपालिका वडा नं.  ४ को कार्यालयमा एक कार्यक्रम गरी नगर प्रमुख मेगाहाङ थोप्राले उक्त साइकलन वितरण गरेका हुन ।

साइकल  वितरण गर्दै नगर प्रमुख थोप्राले  विद्यालयसम्म पुग्न समस्या भोगिरहेका विद्यार्थीहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन् । वडाले विपन्न परिवारको पहिचान गरी त्यहाँका भाई बहिनीहरुको पढाईमा सहज होस भन्ने उद्देश्य राखेर पुन्यको काम गरेको बताए । उनले बाटो पुल, बन्नु मात्र विकास नभई यहाँका नागरिकले आफ्नो दैनिकीमा सुविधा पाउनु पनि विकास भएको बताए ।

साइकल प्राप्त गरेपछि विद्यार्थीहरूले पढाइमा थप ध्यान दिन सहज भएको र विद्यालय जाने समय र मेहनत बचत भएको बताएका छन । “हामीलाई विद्यालय जान धेरै टाढा हिँड्नुपथ्र्यो, अब साइकलले त्यो समस्या हल गरिदिएको छ,” एक विद्यार्थीले खुसी व्यक्त गरे।

वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले यहाँका विद्यार्थीहरुले  विद्यालयसम्म जान ३ देखि ५ किलोमिटर हिड्नु पर्छ । उनले भने, जुन समुदायलाई साइकल वितरण गरिएको छ।  उहाँको घरमा कहिल्यै साइकल किन्ने पैसा भएन । त्यसैले वडाले साइकलको व्यवस्था गरिदिएको हो ।

शिवसताक्षी ६ को जनआदर्श मावि, त्रिभुवन माविमा अध्ययन गर्ने कक्षा ८देखि १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई साइलन वितरण गरिएको वडा कार्यालयले जनाएको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0