शिवसताक्षी नगरपालिका झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा अर्जुनधारा नगरपालिलाई ५–० गोलअन्तरले हराउँदै शिवसताक्षी फाइनलमा प्रवेश गरेको हो ।

शिवसताक्षीको तर्फबाट सचिन श्रेष्ठले १ गोल, श्रवण मल्लिकले ३ गोल र उमेश दनुवारले १ गोल लगाएका छन् । अर्जुनधारा नगरपालिकाले गोल गर्ने अवसर पाए पनि कुनै पनि गोल लगाउने सकेन ।

तियोगितामा प्रथम हुने पालिकाले नगद १ लाख रूपैयाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हुनेले नगद ५० हजार रुपैयाँका साथैमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

त्यस्तै विधागतमा पुरस्कार अन्तर्गत मेन अफ द म्याचले ट्रफी र अन्य विधा अन्तर्गत मेन अफ द टुर्नामेन्टले किपर, बेस्ट डिफेन्डर,। हाई स्कोरर्ले नगद ६ हजार ६ सय छैसठ्ठी रुपैयाँ पाउने छन् ।

त्यस्तै फेयर प्ले टिमले ट्रफी र प्रमाणपत्र पाउनुका साथै सहभागी सबै पालिकालाई मायाको चिनो प्रदान गरिने प्रतियोगिताका संयोजक सुर्य प्रसाद न्यौपानेले जानकारी दिए । फाइनल खेल शनिबार हुने आयोजकले  कमल गाउँपालिकाले जनाएको  छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0