काठमाडौं । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार होक्काइडोको पूर्वी तटमा शनिबार दिउँसो ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पको केन्द्रबिन्दु २० किलोमिटर गहिराइमा रहेको थियो। यद्यपि यस भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी गरिएको छैन। हालसम्म क्षतिको कुनै तत्काल रिपोर्ट प्राप्त नभएको रोयटर्सले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0