झापा । झापाको कचनकवल गाउँपालिका वडा नं. ७ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
वडा नं. ७ का अन्दाजी ६५ वर्षीय किर्खनाथ खनालको आफ्ने खेतमा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ ।
खेतमा बाख्रा बाध्न जाँदा उनलाई करेन्ट लागेको बताएको छ। जंगली हात्ती छेक्न आफैले धान खेतमा लगाइएको करेन्ट बाख्रा बाध्न जाँदा लागेको स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












