शिवसताक्षी नगरपालिका सभाहलमा बिहीबार सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत व्यवसायी सीपमूलक तालिमको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिका संघको समन्वयमा कारितास नेपालद्वारा आयोजना गरिएको तालिम उद्घाटन कार्यक्रममा नगर प्रमुख मेगाहन थोप्रा प्रमुख अतिथि थिए भने सभाध्यक्ष प्रादेशिक प्रबन्धक शंकर कुमार पौडेल रहेका थिए।

कार्यक्रममा नगरका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, योजना प्रमुख, रोजगार संयोजक, महिला बालबालिका शाखा प्रमुखसहित कारितास नेपालका विभिन्न तहका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलका अनुसार परियोजनाले वैदेशिक रोजगारी सुरक्षित र मर्यादित बनाउँदै फिर्ती आप्रवासीलाई स्वदेशमै पुनःस्थापना गर्न सहयोग पुर्‍याउने लक्ष्य राखेको छ। तालिमका माध्यमबाट ५ वटा वडाका ३५ जना सहभागीलाई मोटर रिवाइन्डिङ, एडभान्स सिलाई बुनाई, तथा ढाका बुनाई तालिम दिइनेछ।

झापा प्राविधिक शिक्षालयमार्फत सञ्चालित तालिम सहभागीको वडाभित्रै गरिनेछ। तालिमका लागि आवश्यक सम्पूर्ण सामग्रीको सुनिश्चितता गरिएको जनाइएको छ। उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरूले सीप सिकेर स्वरोजगार बन्न प्रेरणा लिनु पर्नेमा जोड दिएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0