बिर्तामोड । झापा शिवसताक्षी ९ नहरचौक निवासी ५९ वर्षीय जीवन न्यौपाने गएको सात दिनदेखि विपत्ता भएका छन् । गएको शुक्रबार घरबाट अस्पतालन जाने भन्दै घरबाट निस्किएका न्यौपाने हालसम्म परिवारको सम्र्पकमा आएका छैनन् । उनले आफुसँग भएको मोबाइल पनि घरमै छोडेर गएका छन् ।

बिर्तामोडस्थित निलकण्ठ डाइग्नोष्टिक सेन्टरमा फलअपका लागि गत असार १३ गते विहान ८ बजे हिडेका उनी घर नफर्किएपछि खोजी भइरहेको छ ।

घरबाट हिडेको छैटौं दिनसम्म पनि फेला पार्न नसकेको स्थानीय ह िघिमिरेले जानकारी दिए । उनका अनुसार खोजीका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा हुलियासहित निवेदन दिइएको छ । आफन्त, छरछिकेमी सबैतिर खोजी गर्दा पनि अहिलेसम्म नभेटिएको जनाइएको छ । घिमिरेका अनुसार आज पनि न्यौपानेको खोजीका लागि एक टोली कटारीतर्फ गएको छ ।

वेपत्ता भएका न्यौपाने दमकबाट कटारीको बसमा चढेर गएको सीसी फुटेजमा देखिएको छ । बसका सहचालकले कटारीमा उतारेको समेत भनेपछि परिवारले कटारी क्षेत्रमा खोजी सुरु गरेको छ । न्यौपाने कटारीबाट कता लागे हासम्म पत्तो लागेको छैन । न्यौपानेको खोजी गरिदिन परिवारले अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0