काठमाडौं  । मंगलबार शेयर बजारमा सकारात्मक सुधार देखिएको छ । नेप्से परिसूचक ३४.४६ अंकले (१.२६%) बढेर २७६० अंकमा पुगेको छ ।

आज कुल ९ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएको थियो । २०९ कम्पनीको शेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको घट्यो ।

बैंकिङ समूह सबैभन्दा बढी १.८१% ले उकालो लाग्यो । अन्य समूहहरू जस्तै फाइनान्स १.७९%, हाइड्रोपावर १.७१%, माइक्रोफाइनान्स १.२८% लगायत सबैमा हरियाली देखियो ।

धेरै बढ्नेमा सुपर मादी हाइड्रो (८.०८%), राप्ती हाइड्रो (५.८६%) र भूगोल इनर्जी (५.७१%) अग्रस्थानमा रहे ।

घट्नेतर्फ भगवती हाइड्रो (४.६४%), शुभम् पावर (३.३३%) र चिरख्वा हाइड्रो (३.२६%) पछि परे ।

आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा बुटवल पावर, निफ्रा हरित ऊर्जा ऋणपत्र, राधि विद्युत्, एनआईसी एसिया बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।

बजार पूँजीकरण ४५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0