सुनसरी । देवानगञ्ज गाउँपालिका–२ निवासी ६० वर्षीय सचिव अंसारीको आफ्नै छोराले छुरा प्रहार गरी हत्या गरेका छन्।

आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा छोराले बाबुको छाती र ढाडमा छुरा प्रहार गरेका हुन्। प्रहरीका अनुसार छुरा प्रहार गर्ने व्यक्तिको नाम मोहम्मद रियाज अंसारी हो।

गम्भीर घाइते भएका अंसारीलाई तत्काल विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो।

प्रहरीले आरोपी छोरालाई नियन्त्रणमा लिएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0