धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहारबाट एक १४ वर्षीया किशोरीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। मृतक धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी छोरी अञ्चली यादव हुन्।
घटनामा अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र भतिजी राधा यादव घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।
किशोरी अञ्चली जनकपुरमा आमासँग डेरा गरी बस्दै अध्ययनरत थिइन्। घटनाबारे जानकारी दिँदै मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले राति करिब ११ बजे घटना भएको र घटनाको अनुसन्धान जारी रहेको बताइन्। धारिलो हतियार प्रयोग गरी फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












