झापा। झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज (साउन १५ गते) देखि साधारण शेयर (आईपीओ)निष्काशन गरेको छ।
कम्पनीले आफ्नो ३८ करोड १ लाख ९० हजार रुपैयाँ बराबरको जारी पूँजीको १० प्रतिशत, अर्थात् ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँको दरले सार्वजनिक गरेको हो।
निर्माणाधीन सौर्य विद्युत् आयोजना शिवसताक्षी नगरपालिका–४ मा पर्ने भएकाले त्यहाँका प्रत्यक्ष प्रभावित बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता शेयर छुट्याइएको छ। त्यस्तै, सोही वडाका अन्य स्थानीय बासिन्दाका लागि बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर उपलब्ध गराइनेछ।
सार्वजनिक निष्काशनको १० प्रतिशत हिस्सा, अर्थात ५७ हजार २९ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। आवेदन दिन श्रम स्वीकृति प्राप्त भइसकेका नेपाली नागरिक मात्र योग्य हुनेछन्।
स्थानीय बासिन्दाका लागि साउन १५ गतेदेखि साउन २८ गतेसम्म (अत्यधिक अवस्थामा भदौ १२ गतेसम्म ) र वैदेशिक रोजगारीमा रहेका नेपालीस् साउन १५ गतेदेखि साउन १८ गतेसम्म (अत्यधिक अवस्थामा साउन २८ गतेसम्म) सम्म खुल्ला गरिएको झापा इनर्जीले जनाएको छ । न्यूनतम आवेदन रु १० कित्ता र अधिकतम आवेदन ५,००० कित्ता सम्म हुने बताइएको छ ।
झापा इनर्जी लिमिटेडको यो आईपीओले आयोजनास्थल नजिकका बासिन्दा र विदेशमा श्रम गरिरहेका नेपालीलाई स्वदेशी ऊर्जा क्षेत्रमा प्रत्यक्ष लगानीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।












