काभ्रे बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले विविध गतिविधि तथा कार्यक्रमहरु गर्दै २६ औं वार्षिकोत्सव मनाएको छ ।

संस्थाका अध्यक्ष कैलाश के.सी.को अध्यक्षता एवं राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा सञ्चालन भएको वार्षिकोत्सव समारोहमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा विशिष्ट आतिथ्यता रहेको थियो ।

समारोहमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष जिबसराज खड्का, जिल्ला सहकारी संघ काभ्रेका कोषाध्यक्ष अर्जुन सापकोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष सागर कपाली, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोद कुमार न्यौपाने, कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेका अध्यक्ष मदन बस्नेत र विभिन्न भगिनी संस्थाका प्रतिनिधिहरुले उपस्थिति थियो ।

समारोहमा संस्थाले विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरिएको थियो । जसमध्ये आर्थिक वर्ष ०८०/०८१ को लागि उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, संरक्षित पुँजी फिर्ता कोषबाट अधिकतम् रकम प्राप्त गर्ने सदस्यहरु ८ जनालाई र संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा नियमित रक्तदान गर्ने २ जना रक्तदाताहरुलाई सम्मानित गरेको थियो ।

त्यसैगरी संस्थामा आबद्ध भई अध्ययनरत सदस्यहरुमध्ये दश जोड दुई उत्तीर्ण गर्ने २६ जना, स्नातक तह उत्तीर्ण गर्ने ४ जना र स्नातकोत्तर तह उत्तीर्ण गर्ने ४ जना गरी ३४ जनाले संस्थाबाट ‘बुसा शैक्षिक सम्मान’ प्राप्त गरेका थिए । संस्थामा कार्यरत कर्मचारीहरुतर्फ निरन्तर २० वर्षभन्दा बढी सेवा गर्ने अधिकृत इन्दिरा कार्की के.सी.लाई दीर्घसेवा पदक र बरिष्ठ सहायक सागर कुँबरलाई आर्थिक वर्ष ०८०/०८१ को लागि उत्कृष्ट कर्मचारी वर्ष २०८० द्वारा सम्मानित गरिएको थियो ।

समारोहकै अवसर पारी संस्थाले विशेष क्षमता (अपाङ्गता) भएका सदस्यहरुमध्ये राज्यले जारी गरेको क र ख श्रेणीको अपाङ्गता परिचय पत्र प्राप्त गरेका १५ जना सदस्यहरुलाई सहयोग उपलब्ध गराउने कार्यक्रम शुरुवातको घोषणा समेत गरेको छ ।

समारोहमा संस्थाले २६ वर्ष प्रवेशको अवसरमा यस अघि नै सञ्चालन गरेको विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिताका बिजेताहरुलाई समेत पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । जसमा श्री सर्वमंगला मा.वि. पाँचखालले प्रथम, श्री भक्तेश्वर गोसाइकुण्ड मा.वि. बनेपाले द्वितीय, श्री रत्नचुण्डेश्वर मा.वि. बनेपाले तृतीय र श्री शुभ चामुण्डा मा.वि. बनेपाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

संस्थाले पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई अध्यक्ष विनोद कुमार न्यौपानेमार्फत बधाई तथा शुभकामना पत्र हस्तान्तरण समेत गरेको थियो ।

यस्तो छ संस्थाको वित्तीय अवस्था
२०८१ पुष मसान्तसम्ममा संस्थामा कुल १९,१०३ जना शेयर सदस्य र ७,९५६ बाल बचतकर्ताहरु गरी २७,०५९ जना आबद्ध छन्।

संस्थाको शेयर पूँजी १६ करोड ९२ लाख, कूल बचत १ अर्ब ७० करोड रुपैयाँ, लगानी १ अर्ब ३७ करोड र कुल संस्थागत पुँजी १७ करोड १ लाख रहेको छ। संस्थाको कूल सम्पत्ति २ अर्ब ११ करोड ३५ लाख पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0