शिवसताक्षी । नेपाल खेलकुद महासंघ शिवसताक्षीमा दिपक भेट्वालको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ। शनिबार भएको नेपाल खेलकुद महासंघको दोस्रो नगर अधिवेशनबाट भेट्वालसहित २७ सदस्य सर्वसम्मत रुपमा चयन भएका हुन् ।
जसको उपाध्यक्षद्वय सरोज खपाङ्गी मगर, राजन मेन्याङबो, सचिवमा पदम राई, सहसचिवद्वयमा धर्मराज ढकाल र सागर पदालुङ्ग र कोषाध्यक्षमा हिमसा सेर्मा रहेका छन
।
नगरका ११ वटै वडाहरुबाट २० जना चयन भएको नवगठित कमिटीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













