झापा । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विहीबार झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गर्नु भएको छ ।

मन्त्री दहालले काँकडभिट्टा(लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नु भएको हो ।

त्यसक्रममा मन्त्री दहालले निर्धारित समय भित्रनै सडक बिस्तारको काम सक्न निर्देशन दिनु भयो । मन्त्री दाहालले सवारी साधानमा इन्बस नम्बर जडानको २०७२ साल मै ठिक्का दिइसकेकाले अहिले यसलाई कार्यान्वयमा ल्यान लागेको जानकारी दिनु भयो ।

इम्बोस्ड नम्बर प्लेट सवारी धनीलाई सुरक्षा हुने, सरकारलाई सवारी नियमन गर्न सजिलो हुने र सवारीको यकिन तथ्यांक समेत आउने भएकाले यसलाई प्रयोगमा ल्याउन सुरु गरिएको बताउनु भयो । विश्व भाषाका रुपमा अंग्रेजीलाई राखिने भएकाले र सबै देशहरुले यसलाई अबलम्बन गर्दै आएको हुनाले उहाँले यसलाई नेपाली पहिचान हराउँछ भन्ने कुरा नलिइदिन समेत आग्रह गर्नु भयो ।

उहाँले भन्नुभयो, इम्बोस्ड नम्बर अहिले सबैले जडान गरिहाल्नु पर्छ भन्ने होइन । यो नयाँ सवारी साधन खरिद गर्दा, बिलबुक नविकरण गर्दा क्रमशः बनाउँदै लैजानु पर्ने हो ।

त्यस्तै कार्यक्रममा योजना कार्यालयका प्रमुख सुनिलबाबू पन्तले सडक आयोजना सम्पन्न भएपछि यो नवनिर्मित  भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिने बताउनु भयो ।

कार्यक्रममा सडक बिभागका महा निदेशक डा. विजय जैशी, ए डी बि परियोजना प्रमुख चुडाराज ढकाल लगायत बिभागका अधिकारीहरुको सहभागीता रहेको थियो । ८ करोड ७ लाख रुपैयाको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0