शाङ्घाई । शाङ्घाईमा आधारित स्क्वायरल एआई लर्निङका संस्थापक डेरेक लीले कृत्रिम बुद्धिमत्ताद्वारा संचालित एडाप्टिभ लर्निङ सफ्टवेयरलाई शिक्षाको भविष्यका रूपमा अघि सारेका छन्।

एल्गोरिदममार्फत विद्यार्थीको कमजोरी–सबलता पहिचान गरी व्यक्तिगत पाठ योजना उपलब्ध गराउने यस प्रणालीले चीनभरका ३,००० भन्दा बढी केन्द्रमार्फत १२ लाख विद्यार्थीलाई सेवा दिइरहेको छ।

लीले आफ्ना छोरालाई निजी विद्यालयबाट निकालेर स्क्वायरलको प्लेटफर्ममार्फत घरमै पढाइ सुरु गरेका छन्। कम्पनीले हालै १ लाखभन्दा बढी विद्यार्थी सहभागी गराएको अनलाइन गणित कक्षाका लागि विश्व रेकर्ड कायम गरेको थियो। सन् २०२७ सम्म नास्डाक वा हङकङमा आईपीओ ल्याउने तयारीमा कम्पनी छ।

कडा विश्वविद्यालय प्रवेश परीक्षाका कारण चीनमा यसको माग तीव्र छ। तर आलोचकहरूले एआईले सामाजिक सीप, सिर्जनशीलता र प्रेरणा जस्ता पक्षलाई प्रतिस्थापन गर्न नसक्ने बताइरहेका छन्। ली भने एआई ट्युटरले शिक्षकलाई पूरक भूमिका खेल्ने विश्वास राख्छन्।

नीतिगत प्रतिबन्धका कारण ठूलो घाटा खेपेको कम्पनीले सिकाइ ट्याबलेट र स्व-अध्ययन केन्द्रमार्फत पुनःउठान गरेको छ। अब स्क्वायरल अमेरिकामा विस्तार गर्दै विश्वकै ‘एआई युगको कुमोन’ बन्ने लक्ष्यमा अघि बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0