बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । यसलाई लिएर चीनको वाणिज्य मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ। जसमा अमेरिकी कदमविरुद्ध उचित जवाफी कदम चाल्ने उल्लेख छ ।
चीनको वाणिज्य मन्त्रालयले आइतबार एक वक्तव्यमा भनेको छ, ‘चीन यस कदमबाट पूरा असन्तुष्ट छ। चीन यसको कडा विरोध गर्छ ।’
चीनले यस किसिमको निर्णयले चीन र अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहयोगलाई हानी पुर्याउने जनाएको छ ।
वक्तव्यमा भनिएको छ, ‘चीन अमेरिकासँग गलत पद्धति सुधार्न अपील गर्दछ । अहिले देखिएका समस्या सामना गर्न चीनसँग मिलेर काम गर्नु उचित हुन्छ ।’
चीनले अमेरिकालाई अगाडि भनेको छ, ‘पारस्परिक लाभ, सम्मान र समानताका आधारमा मतभेद हटाउँदै आपसी सहयोग बलियो बनाउका लागि काम गरौँ ।’
यसअघि ट्यारिफको मामिलामा चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वामा वाणिज्य मन्त्रालयका प्रवक्ता ही यादोङको भनाइ प्रकाशित भएको थियो ।
यसमा ट्यारिफले न त ची या अमेरिका न त बाँकी विश्वकै हितको अनुकुल रहेको टिप्पणी चीनको थियो ।
शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रूथ सामाजिक सञ्जालमा ट्यारिफ लगाउने निर्णय अन्तरराष्ट्रिय आपातकालीन आर्थिक शक्ति अधिनियम (आईईईपीए) अनुसार गरिएको बताएका थिए ।












