शिवसताक्षी । झापाको पुर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भटमा आज विहान मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गाउँपालिका ६ शरणामती निवासी ५० वर्षीय हरिप्रसाद सिटौला रहेका छन् ।
आज बिहान सुरुङ्गाबाट बिर्तामोडतर्फ जादै गरेको मे ४प ९५० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई विहान ४ बजे निर्माणधिन एसियान हाईवेले बनाएको खाडलमा परेको थियो । दुर्घटनमा घाइते सिटौलालाई विर्तामोड स्थित विएन्डसी अस्पताल विर्तामोड लगिएको थियो । उनकोृ उपचारको क्रममा अस्पतालले विहान ५ः१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1












