झापा । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड प्रक्रिया सम्पन्न भएको छ। धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान (लटरी) प्रणालीमार्फत बाँडफाँड गरिएको हो।
कम्पनीले भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको थियो। सो अवधिमा जम्मा १८ लाख ६८ हजार १४१ जनाले करिब २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन मान्य र ३४ हजार ४०३ आवेदन अमान्य ठहरिएका छन्।
मान्य आवेदनहरूबाट कुल १ करोड ९९ लाख ५४ हजार ८३० कित्ता शेयरको माग भए पनि उपलब्ध शेयर सीमित भएकालेमा भाग्यशाली केहीलाई मात्र शेयर हात परेको छ। बाँडफाँडको नतिजा अनुसार ४७ हजार ३३९ जनाले शेयर प्राप्त गरेका छन्।
४७ हजार ३३३ जनाले प्रत्येकी १० कित्ता गरी ४ लाख ७३ हजार ३३० कित्ता शेयर प्राप्त गरेका छन्। बाँकी ६ जनाले भने थप १/१ कित्ताका दरले अतिरिक्त ६ कित्ता शेयर पाएका छन्।













