दमक। विभिन्न कारणले सन्तान जन्माउन नसकेका र सन्तान नभएकाहरुका लागि विशेष परामर्शसहित सेवा दिने उदेश्यले झापाको दमकमा कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिक सञ्चालनमा आएको छ । दमकस्थित लाईफ लाइन अस्पतालकी गाइनोलोजिष्ट तथा निःसन्तान रोग विशेषज्ञ डाक्टर सिता राईले दमक जेसीज चौकको फर्निचर लाईनमा सो क्लिनिक सञ्चालनमा ल्याउनुभएको हो ।

लाइफलाइन अस्पतालमा ७ वर्षदेखि कार्यरत गाइनोलोष्टि एबम् निःसन्तान रोग विशेषज्ञ डाक्टर राईले महिला तथा पुरुष प्रजनन स्वास्थ्य समस्याका बारेमा उचित परामर्शसहितको सेवा पुर्याउने उदेश्यले दमकमा कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो । आइतवार पत्रकार सम्मेलन गरेर डाक्टर राईले यस क्षेत्रका निसन्तान समस्या भएका दम्पत्तीका लागि प्रजननसम्बन्धी स्वास्थ्य सेवा पुरयाँउन क्लिनिक स्थापना गर्नुपरेको बताउनुभयो । डाक्टर राईले महिला रोगसंगै निःसन्तान समस्या भएकाहरुलाई लक्षित गरेर क्लिनिक सञ्चालनमा ल्याईएको जानकारी गराउनुभयो ।

क्लिनिकमा विहान र साँझको समय उपलब्ध गराउँदै आउने र दिउँसोको समय लाइफ लाइन अस्पतालमा दिने डाक्टर राईले पत्रकार सम्मेलनमा बताउनुभयो । डा.राईका अनुसार कुल जनसंख्याको करिव १० प्रतिशत मानिसमा निसन्तानको समस्या हुने गरेको छ । त्यस्ता समस्याबाट पीडितहरु बिराटनगर, धरानसहित काठमाण्डौंका अस्पतालहरु जानुपरेको र केही पीडितहरु भारतका विभिन्न शहरका अस्पतालसम्म उपचार सेवा लिनुपर्ने बाध्यता रहेको डाक्टर राईले जानकारी गराउनुभयो ।

दमकमा स्थापना गरिएको क्लिनिकमा फार्मेसी, दक्ष जनशक्ति र विशेषज्ञसहित आधुनिक प्रविधि मार्फत सेवा उपलब्ध हुने डा.राईले बताउनुभयो । सो क्लिनिकमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र मोरङका सेवाग्राहीहरुलाई सहज सेवा प्रदान थर्ने योजना राखेको डा.राईले बताउनुभयो । सो पत्रकार सम्मेलनमा डाक्टर राईकी श्रीमान डाक्टर सन्तोष खत्री, डाक्टर राईका पिता लक्ष्मी प्रसाद राईको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0