झापा । झापा मेचीनगर नगरपालिका–६ मेचीपुलस्थित लागु औषध प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आज बेलुका मेचीनगर–६ मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेको ताप्लेजुङ सिदिङवा गाउँपालिका वडा नं. ३ का २२ वर्षीय सुरेन्द्र राईलाई शंका लागी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागु औषध फेला पारेको हो ।

उनको साथमा लागुऔषध खैरो हेरोइन प्लाष्टिकबाहेक १ ग्राम १३० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0