काठमाडौं । जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन्।
परिवारका प्रतिनिधिहरू मंगलबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए र औपचारिक रूपमा जाहेरी दर्ता गराएका हुन्। उनीहरूले सोमबार नै जाहेरी दर्ता गर्न खोजेका थिए तर प्रहरी परिसरले सो दिन जाहेरी लिन अस्वीकार गरेको जेनजी युवा आन्दोलनका अगुवा सुदन गुरुङले जानकारी दिएका थिए।
गत भदौ २३ र २४ गते चलेको उक्त आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भई हाल १२ वटा विभिन्न अस्पतालमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













