काठमाडौं  हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको भने त्यसमा नेपाली विद्यार्थीविपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ।

वासिंगटन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ।यसअघिसीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो भने नेपाली नागरिक विपिनको अवस्थाअज्ञात भनिएको थियो।

गाजामा द्वन्द्वरत हमास इजरायलबीच युद्धविराम सम्झौता भइसकेको भने बन्धकहरू आज (आइतबार) वा सोमबारसम्म रिहा गरिनेअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बताइसक्नुभएको छ। 

सन् २०२३ अक्टोबर मा हमासले इजरायलयमा आक्रमण गर्दा विपिन पनि अपहरणमा परेका थिए। 

अहिले बन्धक रिहा गरिने खबरसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका भाँसी निवासी महानन्द जोशीको परिवारमा विपिन फर्किनेआशा जागेको छ। 

विपिनका बुवा महानन्दले भन्नुभएको , ‘आइतबारदेखि हमासले बन्धक मुक्त गर्ने खबर सुनिँदै छ। युद्ध अन्त्यले आशा पलाएको छ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0