झापा । झापाको कमल गाउँपालिका ५ स्थित अजय राईको घरमा आगलागी भएको छ । सोमबार राति १०:४५ बजे भएको आगलागीबाट करिब १ करोड २४ लाख बराबरको क्षति भएको छ ।

आगलागीमा घर, उक्त घरमा सोहि स्थानका सुवासचन्द्र राईले संचालन गरेको किराना पसल, नगद र गरगहना गरेर करिब १ करोड २४ लाख क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले उल्लेख गरेको छ ।

घटना र क्षतिको पूर्ण विबरण भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0