झापा । गौरादह–९ बैगुन्धुरा खजुरवारी झोडा टोलस्थित झोलुङ्गे पुल नजिक आज दिउँसो करिब १ बजे माछा मार्ने क्रममा तीन बालबालिकाको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा अन्जु मगरकी छोरीहरू स्वीकृति मगर (९ वर्ष) र शुस्मा मगर (७ वर्ष) तथा निर्मला परियारकी छोरी रोशनी दर्जी (११ वर्ष) रहेका छन्। उनीहरू दिदीबहिनी र साथी रोमन भोलेसँग नजिकैको खोलामा माछा मार्न गएका थिए।

दुर्भाग्यवश, खेल्दै–खेल्दै पानीमा डुबेर तिनै बालबालिकाले ज्यान गुमाएका हुन्। यस हृदयविदारक घटनाले सम्पूर्ण गाउँ शोकमा डुबेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0