झापा । अन्तरिम सरकारले दरबन्दीभन्दा बढी कर्मचारी करारमा नराख्न दिएको निर्देशन कार्यान्वयन गर्दै बिर्तामोड नगरपालिकाले १८ जनालाई सेवाबाट हटाएको छ ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार, कात्तिक १ गतेदेखि लागू हुने गरी ती करार कर्मचारीलाई कार्यालयमा उपस्थित नहुन भनिएको छ।
सेवाबाट हटाइएका मध्ये नगर प्रमुख पवित्रा महतारा प्रसाईका स्वकीय सचिव, कानुनी सल्लाहकार, उजुरी प्रशासक, दुई जना कम्प्युटर अपरेटर, एक अमिन, एक ना.प्रा.स., प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतका दुई कर्मचारी र छ जना सुरक्षागार्ड रहेका छन्।
नगरपालिकाले यो निर्णय संघीय सरकारको निर्देशनअनुसार जनशक्ति पुनर्संरचना गर्ने उद्देश्यले गरिएको जनाएको छ। हालैका दिनमा अन्य स्थानीय तहले पनि सोही निर्देशनको पालना गर्दै करारका कर्मचारीहरुलाई क्रमशः बिदा गर्न थालेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













