शिवसताक्षी । झापा शिवसताक्षीको दूधे बजारमा रहेर वित्तीय कारोबार गर्दै आएको श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाले २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

जसको मान्युट प्रमाणिकरण कार्तिक २२ गते संस्थाको कार्यालय दुधेमा गरिने आदर्श बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

संस्थाले तीन स्थानमा साधारण सभा गरेको हो । साधारण शिवसताक्षीको वडा नम्बर ४,५ र ६ का शेयर सदस्यहरुका लागि बोलोचोक बजार, वडा नम्बर १,२ र ३ का सदस्यहरुलाई भागवती आधारभूत विद्यालयको सभाहल डँडामारी र वडा नम्बर ७,९,१० र ११ का लागि दूधे बजारमा साधारण सभा गरिएको संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले जानकारी दिनु भयो ।

वि.सं. २०६२ सालमा साल मंसिर २९ गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालयमा भद्रपुर झापामा दर्ता भई २६ जना सदस्यहरुबाट ५२ हजार शेयर पुँजी संकलन गरी कारोबार सुरु गरेको संस्थाले आज १९ वर्ष पुरा गर्दा २६८५ जना शेयर सदस्य कायम गरेको छ । जसबाट संस्थाको शेयरपुँजी १ करोड ८८ लाख, ३४ हजार ३०० पुगेको छ ।

संस्थाले आर्थिक वर्ष २०८१÷०८२ मा ९८ करोड ९३ लाख १३ हजार २१५ बराबरको कारोबार गरेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । जसबाट संस्थाले १९ लाख ४१ हजार ५२९ खुद नाफा गरेको संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । संस्थाका शेयर सदस्यहरुको सकारात्मक सोच, निरन्तर सहभागिता र सहयोगले गर्दा संस्थाद्वारा सञ्चालित कार्यक्रमहरु कार्यन्वयन भएको अध्यक्ष थापाले बताउनु भयो । जसले गर्दा आदर्श बचत तथा ऋण सहकारी संस्था आज नमुना सहकारीको रुपमा स्थापित भई सदस्यहरुलाई अधिकतम सेवा पुुर्याउन सफल भएको छ ।

साधारण सभामा संस्थाको कोषाध्यक्षको प्रतिवदेन सञ्चालन समिति सदस्य लोकमणी गौतमले बाचन गर्नु भएको थियो । त्यस्तै लेखा सुररिवेक्षण समितिको प्रतिवदन विष्णुलाल भट्टराईले प्रस्तुत गर्नु भएको थियो । संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0