शिवसताक्षी । झापा शिवसताक्षीको स्थित श्री आदर्श बचत तथा ऋण सहकारी संस्थामा नयाँ कार्य समिति चयन भएको छ ।
संस्थाको ७ औं अधिवेशनले विष्णुलाल भट्टराईको अध्यक्षता तीन वर्षे कार्यकालका लागि नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा यादव गिरी, सचिवमा तीर्थकुमारी घिमिरे, कोषाध्यक्षमा शिवकुमार मैनाली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कमल उप्रेती, कमप्रसाद चम्लागाई, कमला थेवे थम्परा, मित्रप्रसाद थापा, नरपति पाठक रहेका छन् । संस्थाको लेखासुपरीवेक्षण समिति संयोजक भिष्मप्रसाद खरेल, सदस्यहरुमा नरध्वोज तुम्बापो र सुजन घिमिरे सर्वसम्मत चयन भएको संस्थाले जनाएको छ ।
यसैबीच संस्थाले साधारण सभाका सबै कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले २० औं वार्षिक साधारण सभा का सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गरेको हो ।

संस्थाले तीन स्थानमा साधारण सभा गरेको थियो । जसमा शिवसताक्षीको वडा नम्बर ४,५ र ६ का शेयर सदस्यहरुका लागि बोलोचोक बजार, वडा नम्बर १,२ र ३ का सदस्यहरुलाई भागवती आधारभूत विद्यालयको सभाहल डँडामारी र वडा नम्बर ७,९,१० र ११ का लागि दूधे बजारमा साधारण सभा यस अघि नै सम्पन्न गरिएको संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले जानकारी दिए ।

उहाँका अनुसार सबै साधारण सभाबाट आएका प्रतिनिधिहरुले मान्युट प्रमाणिकरण गर्दै साधारण सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा संस्थाले गएको आषाढ १ गतेदेखि भाद्र १४ गतेसम्म सञ्चालित ३८० घण्टे सीप विकास तालिममा सहभागीहरु २० जनालाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बद्रकुमार दाहालले प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रममा संस्थाका नवनिर्वाचित अध्यक्षले कृष्णकुमार गिरीले शुभकामना दिदैं प्रतिप्रद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले गरेका थिए ।













